Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको तीनै जना डेपुटी सिईओले एकैसाथ छाडे बैंक, किन दिए राजीनामा ?

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । जनता बैंक नेपालका तीन जना डेपुटी सिईओहरुले एकैपटक राजीनामा दिएका छन् । डेपुटी सिईओहरु अजय मिश्र, सागर घिमिरे र पृथ्वी श्रेष्ठले बैंक सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । बैंकका तीनै जना डेपुटी सिइओले राजीनामा दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पुष्टी गरे ।

कुनै आन्तरिक समस्याको कारण दिएको नभई जनता बैंकसँग अन्य बैंक मर्जर हुने समयमा नै संचालक समक्ष उनीहरुले बैंक छोड्ने इच्छा प्रकट गरेको र सञ्चालकको आग्रह अनुसार उनीहरु सो समयमा बैंकमा बसेको सिईको कुँवरको भनाई छ । तर अहिले बैंक मर्जर पछीको व्यवस्थापन प्रक्रिया पुरा भएसँगै आपसी समझ्दारीमा तीनै जना डेपुटी सिईओले राजीनामा दिएको कुँवरले बताए ।

Ad