Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार सामान्य अंकले बढ्यो, २१ करोडको कारोबार

२०७५ चैत्र १२ गते

बैंकिङ खबर । मङगलबार शेयर बजार २.०७ अंकले घटेर १,१४०.७२ अंकमा कायम भएको छ । माइक्रोफाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २४.१९ अंकले बढेको छ ।

दिनभरिमा १७१ वटा कम्पनीको ८ लाख ८२ हजार ८ सय ८५ कित्ता शेयर ४ हजार ६ सय १३ पटक खरिदकिक्री हुँदा २१ करोड ५१ लाख २१ हजार ५ सय ८० को कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङलादेश बैंक प्रोमोटर शेयरको १ करोड ५८ लाख ३१ हजार ४ सय ८० को कारोबार भएको छ । एनएमबि बैंकको ९० लामाथिको कारोबार भएको छ ।

त्यसैगरी, हाइड्रोपावरको ७० लाखको कारोबार भएको छ भने प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंकको ६० लाखको कारोबार भएको छ। नेपाल बैंकको ५० लाख, एभरेष्ट बैंकको ४० लाखको कारोबार भएको छ ।

नेपाल सेवा लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रिट फण्ड, पोखरा फाइनान्स, एनआईसी एशिया ग्रोथ फण्ड, भार्गव विकास बैंक, नाडेप लघुवित्त, बरुन हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त लगायतका शेयरधनीले कमाएका छन् ।

युनिभर्सल पावर र शिवम् सिमेन्टका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, मिथिला लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, नविल प्रगति फण्ड, एनएमबि माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स लगायतका शेयरधनीले गुमाए ।

Ad