बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्जमा अनशन बसेका शेयर लगानीकर्ता दबाब समूहका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लगानीकर्ताहरु सोमबारदेखि रिले अनसन बसेका थिए । प्रहरीले बिहान ११ बजे नेप्से परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । लगानीकर्ताका अनुसार प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत अनामनगरमा राखिएको छ ।
लगानीकर्ताले आइतबार नेपाल धितोपत्र बोर्डको गेटमा ताला लगाइर आन्दोलनमा बसेका थिए । तर प्रहरीले ताला तोडेपछि लगानीकर्ता फेरी नेप्सेमा रिले अनशन सुरु गरेका हुन् । उनीहरूले नेप्से परिसरमा कालो बेलुन उडाएर सोमबारदेखि रिले अनसन सुरु गरेका थिए ।