लगानीकर्ताको दुर्व्यवहारप्रति कर्मचारी युनियनको आपत्ति

बैंकिंग खबर । बजारको पछिल्लो अवस्थाप्रति असन्तुष्टि जनाउदै आएका लगानीकर्ताहरुद्वारा विभिन्न चरण र स्वरुपमा आन्दोलन भई रहेका छन् । यहि क्रममा नेपाल धितोपत्र बोर्डको प्रांगणमा आइतबार अकस्मात भएको तालाबन्दी तथा तत् पश्चात अर्थ मन्त्रालय, बोर्डको संचालक समितिका पदाधिकारीज्यूहरु र बोर्डका कर्मचारीहरुलाई गरिएकोे दुव्र्यवहार एवं मानमर्दन प्रति नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले गम्भिर खेद प्रकट गरेको छ ।

बोर्ड तथा बोर्डका कर्मचारीहरुबाट कुनै अनियमितता तथा साधन स्रोतको दुरुपयोग गरेको पाइएमा कानूनद्वारा स्थापित राज्यका निकायहरुद्वारा आवश्यक कारबाही गर्ने कानूनी व्यवस्था रहेको परिपे्रक्ष्यमा कर्मचारीलाई कार्य सम्पादनको क्रममा दबाब समूह नामका केही व्यक्तिहरुबाट जीउधन माथि धम्की तथा आचरणमा गम्भिर लान्छञ्ना लगाउने कार्य प्रति युनियनले रोष प्रकट गरेको छ ।

बोर्डको क्षेत्राधिकार बाहिर रहेका निकायहरुसँग सम्बन्धित र राजनैतिक मागहरु समेत पूरा गराउने नाममा कर्तव्यनिष्ठ कर्मचारीहरु माथि हुने यस किसिमका अवाञ्छित र अमर्यादित क्रियाकलापहरु प्रति युनियनले घोर आपत्ति जनाएको छ । साथै बोर्डको सम्पत्ति तथा कर्मचारीको जीउधनको सुरक्षा प्रति गम्भिर हुन बोर्ड व्यवस्थापन तथा नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *