March 25th, 2019

धितोपत्र बोर्डले ल्यायो पूँजीबजार समस्या समाधानका उपाय

बैंकिंग खबर । धितोपत्र बोर्डले मुद्रा तथा पुंजीबजारमा देखिएका समस्या व्यवस्थापनका लागि नेपाल सरकारद्वारा गठित सुझाव प्रतिवेदनमा उल्लेखित बोर्डसंग सबन्धित २८ बुंदाहरुलाई दुइ हिस्सामा अगाडी बढाएको छ । पहिलो कार्य योजना अनुरुप तत्काल गरिनु पर्ने १२ बुंदाहरु सम्पन्न भई सकेका छन् । साथै चैत्र मसान्त तथा आ.वा. २०७६ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने कार्यहरु बुँदागत रुपमा अघि बढाएको छ । त्यसै गरि बोर्डले नेप्सेले गर्नु पर्ने कार्यहरुलाई पनि औल्याएको छ ।

बोर्डले सुझाएका तत्काल लागु गरिनु पर्ने १२ बुंदाहरु र कार्य प्रगति निम्नानुसार छन् –

– उक्त सुझावप्रतिवेदनको बुंदा ३० सँग सम्बन्धितः न्यूनतम ग्रेड भन्दा कम्तिमा एक स्तर माथिको रेटिङ्ग प्राप्त गरेका संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको,

– बुंदा ३७ सँग सम्बन्धितः बजारमा सर्वसाधारण लगानीकर्ताहरुको पहुँचविस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तीलाई विक्रीवितरण गर्नका लागि छुट्टयाउनुपर्ने व्यवस्था गरिएको,

– बुंदा ४५ सँग सम्बन्धितः नेटवर्थ भन्दा बढी नहुने गरी एफपीओ जारी गर्न पाउने तथा नेटवर्थ भन्दा दुई गुणा बढी नहुने गरी आइपिओ जारी गर्न पाउने व्यवस्था गरिएको,

– बुंदा २४ सँग सम्बन्धितः शेयर दलालमार्फत् मार्जिन कारोवार सम्बन्धमा बोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५ लागू गरिसकेको र सोही बमोजिम नेप्सेबाट आवश्यक प्रकृृया अगाडि बढाई कार्यान्वयनको चरणमा रहेको,

– बुंदा ३४ सँग सम्बन्धितः नेप्सेले संचालनमा ल्याएको स्वचालित कारोवार प्रणालीलाई सिडिएसएलको प्रणालीमा आवद्ध गरिएको । साथै स्वचालित कारोवार प्रणालीमा भएका कमिकमजोरीहरुलाई अध्ययन गर्न बोर्डबाट गठित समितिबाट प्राप्त प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालयमा पठाइएको,

१२ वटा बुंदा मध्ये नेप्सेले गर्नुपर्ने कार्यहरु जो तत्काल अघि बढाऊन बोर्डले दिएका निर्देशनहरु निम्नानुसार छन् –

– बुंदा २२ सँग सम्बन्धितः बाणिज्य बैकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद  विक्रीगर्न पाउने गरी ब्रोकर लाईसेन्स सम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाई बोर्डमा सिफारिश गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको,

– बुंदा २४ सँग सम्बन्धितः ओटिसी बजारलाई गतिशीलब नाउन २०७५ चैत्र मसान्तसम्ममा प्रविधि मैत्री बनाई स्वचालित प्रणाली अपनाउन नेप्सेलाई निर्देशन दिइएको,

– बुंदा २९ सँग सम्बन्धितः अन्तर्राष्टिय अभ्यास अनुरुप नेप्से सूचकांकमा लाग्ने सर्किट ब्रेकलाई समसामयीक बनाउन मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिएकोमा नेप्सेबाट अध्ययन भई पेश गरिएकोमा कार्यान्वयनकोे क्रममा रहेको,

– बुंदा ३२ सँग सम्बन्धितः लगानीकर्ताहरुको हित संरक्षणको लागि लगानीकर्ता सुरक्षण कोष (Investor Protection Fund) स्थापना गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको,

– साथै बुंदा ३१ सिडिएसीसँग सम्बन्धित रहेको धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताको लागि सेटलमेण्ट ग्यारेण्टी फण्डको स्थापनाका लागि मिति २०७५ पुष १८ मा सिडिएसिलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप  भैरहेको ।

२०७५ चैत्र मसान्त सम्म गरिनुपर्ने कार्यहरु र प्रगति विवरण निम्नानुसार छन् –

– बुंदा २१ सँग सम्बन्धितः धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने कार्य अन्तिम चरणमा रहेको,

– बुंदा २७ सँग सम्बन्धितः भित्री कारोवार बन्देज नियमावलीको मस्यौदा भई स्वीकृतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउने क्रममा रहेको,

– बुंदा ३५ सँग सम्बन्धितः बास्तविक क्षेत्रका संगठित संस्थाहरुको संस्थापक शेयरको लक इन पिरियड लाई अन्य वित्तीय क्षेत्रको नियमन निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउन अध्ययन भैरहेको,

– बुंदा ४२ सँग सम्बन्धितः धितोपत्रबारे सर्वसाधारणमा वित्तीय साक्षरता सम्बन्धी कार्यहरु भैरहेको ।

– बुंदा ५३ सँग सम्बन्धितः कर्मचारी संचयकोष, नागरिक लगानीकोष, सामजिक सुरक्षाकोष तथाधितोपत्र व्यवसायीहरुलाई बजार र निर्माता व्यापारी को रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी सिफारिश गर्न २०७५ पुष १८ मा नेप्सेलाई निर्देशन दिइएको,

२०७६ असार मसान्तसम्म गरिनु पर्ने कार्यहरु र प्रगति विवरण निम्नानुसार छन् –

– बुंदा ४८, बुंदा ५९ र बुंदा ५१ सँग सम्बन्धितः गैर आवासिय नेपालीको बैंकहरुको डिवेन्चरमा लगानी, लगानीफिर्ता तथा बैंकहरुबाट ऋणपत्र जारी गरी वित्तीय श्रोत जुटाउने सम्बन्धमा समन्वयात्मक रुपमा सम्बन्धित निकायहरुसँग छलफलको क्रममा रहेको,

– बुंदा ५४ सँग सम्बन्धितः शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्ज लि. को अनलाईन कारोवार प्रणाली पूर्ण रुपमा आवद्ध भए पश्चात हाल कायम रहेको T + 4 राफसाफ चक्रलाई T + 1 मा ल्याउन सिडिएसीलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप भैरहेको,

– त्यसै गरीे निरन्तर समय सिमा तोकिएको बुंदा ५४ सँग सम्बन्धितः प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानीकोष प्रोत्साहन गर्न “विशिष्टिकृत लगानीकोष नियमावली, २०७५” यही मिति २०७५ फागुन २२ गते देखि लागू गरिएको ।

(घ) पछिल्लो समयमा लगानीकर्ताहरुले देखाएका सरोकारका विषयहरुमा बोर्डसँग सम्बन्धित केही विषयहरु सम्बोधन भई सकेका छन् र अन्य विषयबस्तुहरु सम्बोधन गर्न बोर्ड प्रतिवद्ध रहेको छ । बोर्डको क्षेत्राधिकार बाहिरका बिषयबस्तुहरु नेपाल सरकार सहितअन्य निकायहरुबाट सम्बोधन गरिनु पर्ने देखिएका छन् भने अन्य केही विषयहरु सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य अगाडि बढाउन बोर्ड प्रयासरत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]