March 25th, 2019

शेयर बजार ३.८७ अंकले बढ्यो, बचत लगानी गर्ने उपयुक्त समय

बैंकिङ खबर । सोमबार शेयर बजार ३.८७ अंकले बढेर १,१३८.६७ अंकमा कायम भएको छ । हाइड्रोपावर, फाइनान्स, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ५०. अंकले बढेको छ ।

बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई वा आफ्नै बचतबाट शेयरमा लागनी गरेका लगानीकर्ताहरुको लागि अहिलेको बजार उपयुक्त देखिन्छ । हाल बजारमा नेटवर्थभन्दा तल बजार मुल्य कायम भएका कम्पनीहरु पनि रहेका छन् । साथै, पीई अनुपात औषत भन्दा तल रहेका कम्पनीहरु पनि छन् । त्यसकारण निरन्तर प्रतिफल चाहानेहरुका लागि अहिलेको बजार धेरै राम्रो देखिन्छ । तर, करको विषयहरुमा स्पष्ट नीति उल्लेख नहुनु, सरकारसँग गरिएका सम्झौताहरु कार्यन्वयन नहुनु, शेयर प्रवाह बढी भएका कारण बजार अस्थिर देखिएको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

दिनभरिमा १६९ कम्पनीको ९ लाख २९ हजार २ सय १७ कित्ता शेयर ५ हजार २ सय ४१ पटक खरिदविक्री हुँदा २४ करोड २६ लाख ६९ हजार ५ सय १५ को कारोबार भएको छ । मुक्तिनाथ विकास बैंक प्रोमोटर शेयरको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ भने नागरिक लगानी कोषको १ करोड १२ लाख २९ हजार ८२ को कारोबार भएको छ ।

त्यसैगरी अपर तामाकोशी हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको ८० लाखमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र छिमेक लघुवित्त विकास बैंकको ६० लाख भन्दा बढीको कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक र एभरेष्ट बैंकको ५० लाको कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आईएमइ लघुवित्तका शेयरधनीले ५ प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स, रिडी हाइड्रो डेभलपमेन्ट कम्पनी, आरम्भ माइक्रोफाइनानस्, सगरमाथा इन्स्योरेन्स, सिनर्जी पावर, गरिमा विकास बैंक, लक्ष्मी बैंक, नेपाल एबिआई बैंक, कैलाश विकास बैंक लगायतका शेयरधनीले कमाएका छन् ।

युनिभर्सल पावर कम्पनीका शेयरधनी सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् । शिवम् सिमेन्ट, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आईएमइ सम्मुनत, श्री इन्भेष्टमेन्ट फाइनान्स, राधी विद्युत कम्पनी, सिभिल लघुवित्त, कालिका पावर कम्पनी, रैराङ हाइड्रोपावर, बोटलर्स नेपाल लगायतका शेयरधनीले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]