March 24th, 2019

भार्गव विकास बैंकको साधारणसभा चैत ३० गते

बैंकिङ खबर । भार्गव विकास बैंकले आगामी चैत ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत अर्थात ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ ।

उपयुक्त अन्य बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

सभामा जाने प्रयोजनको लागि चैत २२ गते संस्थाको बुक क्लोज हुने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]