Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लगानीकर्ता दबाब समुहले धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले तोड्यो

२०७५ चैत्र १० गते

बैंकिङ खबर । शेयर लगानीकर्ता दबाब समुहले धितोपत्र बोर्डमा गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको छ। लगानीकर्ता दबाब समुहले बिहान ८ बजेदेखि तालाबन्दी गरी बोर्ड परिसरमा धर्ना दिएका थिए ।

बिहान ८ बजे अघि नै बोड प्रवेश गरेका तीन जना कर्मचारी कार्यालय भित्रै थुनिएका थिए । अन्य कर्मचारी कार्यालय प्रवेष गर्न पाएका थिएनन् । बोर्डले भने तालाबन्दी भएपछि सुरक्षाकर्मी डाकेको थियो। त्यसपछि सुरक्षकर्मीले बोर्डको कार्यालयमा लगाएको ताला तोडेको हो । प्रहरी परिचालन भएपछि लगानीकर्ता भने अझ बढी आक्रोशित भएका छन् । दबाब समुहले आफ्नो आन्दोलनलाई थप चर्काउने बताएका छन् ।

Ad