March 24th, 2019

२५ हजारले पाए स्पर्स लघुवित्तको आईपीओ

बैंकिङ खबर । स्पर्स लघुवित्तको आईपीओको नतिजा प्रकाशित भएको छ। आईपीओेमा गोलाप्रथाबाट २५ हजार २ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

लघुवित्तको आईपीओेमा आवेदन गरेर सदर भएका कूल २ लाख ९८ हजार ३ सय ५३ जनामध्ये २ लाख ७३ हजार १ सय ५३ जनाको हात खाली भएको छ भने ५ सय ८५ वटा आवेदनबाट परेको १५ हजार ५ सय कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

लघुवित्तले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । यसमध्ये ४ हजार १ सय ४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४ सय ८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन खुला गरेको थियो ।

आईपीओे बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । यस्तै संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा कायम हुनेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]