बैंकिङ खबर। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणलीमा देखिएको समस्याहरुको विषयमा शुक्रबार सरोकारवालासँग छलफल गरेको छ । छलफलमा नेप्सेका पदाधिकारी, ब्रोकर कम्पनी र वाइको प्रा.लि का प्रतिनीधिको उपस्थिति रहेको थियो । छलफलमा अनलाईन कारोबार सिस्टममा देखिएको समस्याको बारेमा नेप्सेले ब्रोकरहरुसँग प्रतिक्रिया लिएको थियो । ब्रोकरको समस्यामा अनलाई सिस्टमको जडान गर्ने कम्पनी वाइकोका पधादिकारीले उक्त समस्या समाधान गर्ने र पुन नदोहारीने प्रतिवदता जनाएको नेप्सेले जारी गरेको विञप्तिमा उल्लेख गरिएको छ ।
छलफलका क्रममा अनलाई सिस्टममा देखिएको समस्या जुनसुकै क्षेत्रको कारणले आएको भएपनि यथाशक्य चाँडो समाधान गरि कारोबारलाइ प्रभावकारी बनाउन वाइको कम्पनी र त्यसको आईटी शाखा प्रमुखलाई नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।