March 21st, 2019

उपत्यका बाहिरको १४ स्थानबाट हकप्रदको लिलाम प्रक्रियामा आवेदन दिन सकिने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिर बाट पनि आवेदन दिने पाउने बयवस्था गरेको छ । हकप्रद शेयरको निष्कासनलाई सहज र समावेशी बनाउने उद्देश्यले उक्त ब्यवस्था गरिएको बोर्डले जानएको छ । मुलुक संघिय संरचनामा गएसँगै प्रादेशिक संरचनाको आधारमा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको आधारलाई मध्यनजर गर्दै उपत्यका बाहिर बाट पनि हकप्रद शेयरको लिलाम प्रक्रियामा आवेदन दिन मिल्ने ब्यवस्था गर्न बोर्डले मर्चेन्ट बैंकहरुलाई परिपत्र गरेको जनाएको छ ।

बोर्डले प्रदेश नंम्बर १ को विराटनगर र विर्तामोड, प्रदेश नं २ को विरगंज र जनकपुर, प्रदेश नं ३ को हेटौंडा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा र वाग्लुङ, प्रदेश नं ५ को वुटवल, घोराही र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरबाट हकप्रदको लिलाम प्रक्रियामा आवेदन दिन सक्ने ब्यवस्था मिलाउन मर्चेन्ट बैंकलाई परिपत्र गरेको हो ।

उक्त ब्यवस्था सँगै धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ विस्तार भई देशव्यापी हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]