Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा परिसूचक नेप्से घट्यो, कारोबार सामान्य

२०७५ चैत्र ७ गते

बैंकिङ खबर । शेयर बाजरमा परिसूचक नेप्से बिहीबार पनि घटेकोे छ । बजारमा शेयरको विक्रीचाप बढनु र लगानीका लागि पूँजी अभाव हुँदा माग कम हुन गई नेप्सेमा फेरी दबाब देखिएको छ ।

बिहीबार शेयर बाजरमा परिसूचक नेप्से ६ दशमलव ८६ अंकले घटेर १ हजार १ सय ४० दशमलव ६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १ दशमलव ५२ अंकले घटेर २ सय ४२ दशमलव ४७ अंकमा बन्द भएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुनु र हकप्रद तथा आइपिओको विक्रीचाप उच्च हुँदा दोस्रो बजारमा शेयरको माग कम भएको देखिन्छ । कतिपय लगानीकर्ताले हकप्रद शेयर र आइपिओमा लगानी गर्न शेयर विक्री गर्दा पनि विक्रीचाप बढ्न गएको देखिन्छ । जसले गर्दा नेप्से घट्दो क्रममा देखिएको छ ।

बिहीबारपनि कारोबार रकम औषतमा न्यून देखिएको छ । १ सय ७१ कम्पनीको २७ करोड २४ लाख ९४ हजार ६ सय ६५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । तर गत मंगलबारको तुुलनामा कारोबार रकममा वृद्धि भएको देखिएको छ ।

कारोबारमा आएका अधिकांश समुहका परिसूचकहरु घटेका छन् । होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समुहमा मात्र सामान्य वृद्धि देखिएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४ लाख ४२ हजार ९ सय ७० रुपैयाँको भएको छ । ग्लोबल आइएमई बैंकको संस्थापक शेयरको कारोबार पनि १ करोड ८२ लाख ९० हजार रुपैयाँको भएको छ ।

बजारमा परिसूचकहरु घटेपनि आशा लघुवित्तका शेयरधनीले भने ९ दशमलव ९१ प्रतिशतले कमाएका छन् । ग्लोबल आइएमई लघुवित्त, उन्नती माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्सका शेयरधनीहरुले भने ५ प्रतिशत भन्दा बढी गुमाएका छन् ।

Ad