Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार ७.४७ अंकले घट्यो, ३६ करोडको कारोबार

२०७५ चैत्र ४ गते

बैंकिङ खबर । सोमबार शेयर बजार ७.४७ अंकले घटेर १,१५३.९८ अंकमा कायम भएको छ । फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७६.५३ अंकले घटेको छ ।

दिनभरिमा १६९ कम्पनीको १३ लाख ९३ हजार ५ सय ५८ कित्ता शेयर ४ हजार ८ सय १९ पटक खरिदविक्री हुँदा ३६ करोड ७ लाख ९ हजार ८ सय ८० को कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंक प्रोमोटर शेयरको ६ करोडमाथिको कारोबार भएको छ ।

साइन रेसुङगा डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक र नेपाल लाइफ इनस्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ भने एनएमबि बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र राष्ट्रिय बीमा कम्पनीको ९० लाखमाथिको कारोबार भएको छ । त्यसैगरी अपर तामाकोशीको झन्डै ९० लाखको कारोबार भएको छ ।

सबैभन्दा धेरै युनाइटेट फाइनान्सका शेयरधनीले ८ प्रतिशतका दरले कमाएका छन् । मल्टीप्रपोज फाइनान्स, आशा लघुवित्त, सिन्धु विकास बैंक, श्री राम मिल्स, युनाइटेट मोदी हाइड्रो, वल्र्ड मर्चेन्ट बैंकिङ, बेष्ट फाइनान्स लगायतका शेयरधनीले कमाउका छन् ।

जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रो, रैराङ हाइड्रोपावर, अपी पावर, कालिका लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, सानिमा बैंक, भार्गव विकास बैंक लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad