March 17th, 2019

वार्षिकोत्सवको अवसरमा एनएमबी माईक्रोफाईनान्सको रक्तदान कार्यक्रम सम्पन्न

बैंकिङ खबर । एनएमबी माईक्रोफाईनान्सले छैंठौ वार्षिकोत्सवको अवसरमा शुक्रवार प्रधान कार्यालय पोखराको हेम्जामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रम पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष दिवाकर तिम्सीनाको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा लघुवित्तका कर्मचारी कृष्ण प्रसाद गैरे, क्षेत्रीय सु संचार केन्द्र पोखराका प्रमुख धुव्रमणी लामीछाने, पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष होमाकर तिम्सीना र संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जम्मा ४३ जना रक्तदाताले रक्तदान गरेको आयोजकले बताएको छ ।

६ वर्ष पहिले १० जिल्ला कार्यक्षेत्र सहित पोखराको हेम्जामा स्थापना भएको उक्त लघुवित्तले हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती भई ५४ जिल्लामा रहेका १०० शाखाहरुबाट करिब १ लाख सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]