स्वदेशी लघुवित्तद्धारा सीपमुलक तालिम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना सुनसरी र मोरङ्गबाट ४ शाखा कार्यालयका २२ जना पशुपालक ग्राहक सदस्यहरुको सहभागितामा सुनसरी जिल्लाको इटहरीमा“आधारभुत सिप मुलक तालिम”सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा पशुपन्छी प्रर्बद्धन शाखा सुन्दरहरैचा कार्यालयका जिवन चापागाइ, विमल अधिकारी, तथा सहजकर्तामा स्वदेशी लघुवित्त वित्तीय संस्थाका प्रमुख व्यपार प्रबन्धक श्रीधर गौत्तम रहेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई नेपालमा पशुपालनको ऐतिहासिक महत्व, नेपालमा हावापानी सुहाउदो बिभिन्न उन्नत (नश्ल) तथा लोकल (काठे) पशुहरुको पहिचान (फरक) गर्ने गरिका, तिनिहरुको स्याहार सुसारमा ध्यान दिनुपर्ने कुराहरु, परम्परागत तरिकाको पशुपालन तथा ब्यवसायिक पशुपालनबाट हुने फाईदा त्यसले किसानको आर्थिक अवस्थामा ल्याउने सुधार , गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु , पशु तथा गोठको सरसफाईको आवश्यकता र महत्व, रोगि निरोगी पशु पहिचान गर्ने तरिकाहरु , पशुपालनमा लाग्ने रोगहरु, तिनको रोकथामका लगायतका विषयमा जानकारी गराईएको थियो ।

दुई दिने तालिम कार्यक्रमको समापन्नमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले संस्थले प्रदान गरेको तालिम आधारभुत तहको रहेकाले यसलाई तालिममा मात्र सिमित नराखि व्यवहारमा लागु गर्न आग्रह गरे । उनले तालिम लिइ सकेकाहरुलाई संस्थाले भावि दिनमा प्रशिक्षकको रुपमा प्रयोग गर्ने सक्ने समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *