बैंकिङ खबर । हाइतबार शेयर बजार ५.९९ अंकले बढेर १,१६१.४५ अंकमा कायम भएको छ । होटल,विकास बैंक र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ४५.८५ अंकले बढेको छ ।
दिनभरिमा १ सय ७२ वटा कम्पनीको १४ लाख ७७ हजार ८ सय ९२ कित्ता शेयर ५ हजार ५ सय ६६ पटक खरिदविक्री हुँदा ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ को कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङगा डेभलपमेन्ट बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९३ लाख ३१ हजार ५ सय १७ को कारोबार भउको छ भने एनआईस एशिया, अपर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको १ करोडभन्दा बढकिो कारोबार भएको छ । एनएमबि बैंकको ९ण् लाखमाथिको कारोबार भएको छ । एभरेष्ट बैंक र नेको इन्स्योरेन्सको ८० लाखमाथिको कारोबार भएको छ ।
आशा लघुवित्तका हेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाउका छन् । युनाइटेट फाइनान्स, श्री राम सुगर मिल्स, रिडी विद्युत कम्पनी, जानकी फाइनान्स, सिन्धु विकास बैंक, रैराङ हाइड्रोपावर लगायतका शेयरधनीले कमाएका छन् ।
सबैभन्दा धेरै तिनाउ विकास बैंकको शेयरधनीले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् । घलेम्दी हाइड्रोपावर, नाङदी गु्रप, जनउत्थान सामुदायिक लघुवित्त, सुर्योदय लघुवित्त, सिनर्जी पावर, नाडेप लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।