March 17th, 2019

आइपीओ निश्कासन गर्न जलविद्युत र लघुवित्त कम्पनीको धितोपत्र वोर्डमा लाइन

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको फागुन मसान्त सम्मको तथ्याङक अनुसार १७ वटा कम्पनीहरुले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् । १७ वटा कम्पनीहरुले कुल ३ अर्ब ५० करोड ४८ लाख ७६ हजार ३ सय रुपैयाँ बराबरको ३ करोड ५० लाख ४८ हजार ७ सय ६३ कित्ता साधारण शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाइमा बसेका छन् । अनुमतिको पखाईमा रहेका मध्ये अधिकांश हाइड्रोपावर र लघुवित्तहरु रहेको तथ्याङ्कमा देखिन्छ ।

पाइप लाइन् आथात् बोर्डको अुमतिको पखाईमा रहेका १७ वटा कम्पनी मध्ये ६ वटा लघुवित्तहरु ९ वटा हाइड्रोपावर तथा एउटा मर्चेन्ट बैंकर र एउटा इन्भेष्टमेन्ट कम्पनी रहेका छन् ।

आइपीओ निष्काशनको लागि अनुपतिको पर्खाइमा रहेको माइक्रोफाइनान्सहरुमा गणपति माईक्रोफाइनान्सको ३ लाख ३५ हजार कित्ता, नेपाल एग्रो लघुवित्तको १ लाख ६१ हजार ७ सय ७८ कित्ता, जनसेवी लघुवित्तको ४ लाख ६३ हजार ३ सय कित्ता, स्वाभिमान माइक्रोफाइनान्सको १ लाख ९८ हजार ६ सय १० कित्ता, गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार कित्ता र इन्फिनिटी माइक्रोफइनान्सको ६ लाख ७४ हजार कित्ता रहेको छ ।

त्यसैगरी हाइड्रोपावरमा लुघिङ बुद्ध हाइड्रोपावरको ९ लाख ७८ हजार कित्ता, गर्जाङ उपत्यका हाइड्रोपावरको २ लाख कित्ता, सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता, रसुवागढी हाइड्रोपावरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता, रुरु जलविद्युतको स्थानीयको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता, मैलुङ खोला जलविद्युतको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, सुभम पावर कम्पनीको ५ लाख ८० हजार ५ सय ८० कित्ता, माउन्टेन इनर्जि नेपालको ३९ लाख ३६ हजार ५४ कित्ता र हिमाल दोलखा हाइड्रोपावरको ७८ लाख कित्ता रहेको छ ।

त्यस्तै, सिबिआइएल क्यापीटलको ३ लाख कित्ता र सिइडिबी हाइड्रो फण्डको २२ लाख ८९ हजार ३ सय कित्ता आइपीओ निष्काशनको लागि अनुमतिको पर्खाइमा रहेका नेपाल धितोपत्र बोर्डको फागुन मसान्तको तथ्याङकमा देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]