March 14th, 2019

साना लगानीकर्तालाई प्यान ऐच्छिक गर्ने बोर्डको निर्णय सकारात्मक, इन्भेष्टर फोरम

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको बैशाख १ गते देखि दोस्रो बजार कारोबारमा ५ लाख भन्दा माथि कारोबार गर्दा मात्र प्यान अनिवार्य गर्ने निर्णयलाई नेपाल इन्भेष्टर फोरमले स्वागत गरेको छ । नेपाल इन्भेष्टर फोरम लगानीकर्ताको सबैभन्दा पुरानो र ठुलो संगठन हो । फोरमले बिहीबार विज्ञप्ति जारी गर्दै लामो समयदेखि पुँजीबजारको विकास, विस्तार र लगानीकर्ताहरुको हकहितका लागि उठाउँदै आएका माग मध्ये प्यान नम्बर लागु गर्ने बोर्डको निर्णयको स्वागत गरेको जनाएको छ ।

बोर्डको उक्त निर्णयले लगानीकर्ताको भावनालइ समेट्नुको साथै साना लगनीकर्तालाई पनि हौसला प्रदान गर्ने फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फोरमले विज्ञप्तिमा आगामी दिनमा सरकार, अर्थमन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से लगायतका नियामक निकायले लगानीकर्ताहरुको उचित मागलाई यथाशिघ्र सम्बोधन अपेक्षा गरेको उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डले विहिबार नै विज्ञप्ति जारी गर्दै पाँच लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा प्यान लागु गर्ने र एक पटकमा ५ लाख भन्दा माथिकोारोबार गर्दा अनिवार्य प्यान लागु गर्ने निर्णय गरेको बताएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]