शेयर बजार ५.४० अंकले बढ्यो, ४८ करोडको कारोबार

बैंकिङ खबर । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.४० अंकले बढेर १,१५५.५० अंकमा कायम भएको छ । उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै होटल समुह ४०.०९ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको १३ लाख ३९ हजार ९ सय ७२ कित्ता शेयर ४ हजार २ सय ३८ पटक खरिदविक्री हुँदा ४८ करोड ५८ लाख ७७ हजार ९ सय ३१ को कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स प्रोमोटर शेयरको २ करोडमाथिको कारोबार भएको छ ।

एनसीसी बैंक, नेशनल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक र प्रभु बैंकको ९० लाखमाथिको कारोबार भएको छ । एनएमबि बैंक, गण्डकी विकास बैक प्रोमोटर शेयर र नेपाल बैंकको ८० लाखभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै तिनाउ विकास बैंक र यूनाइटेट फाइनान्सका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर, सिनर्जी पावर, सानिमा इक्यिुटी फण्ड, आशा लघुवित्त, मिसन डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, खानीँखोला हाइड्रोपावर, नाङदी गु्रप लगायतका शेयरधनीले कमाएका छन् ।

रिडी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै प्रतिशतले गुमाएका छन् । नेपाल हाइड्रो डेभलपसै, नविल समृद्धि फण्ड, सिभिल लघुवित्त, विजय लघुवित्त, महिला सहयात्रा लघुवित्त, नयाँ नेपाल लघुवित्त, हिमालयन पावर, नेपाल सेवा लघुवित्त, एनएमबि लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *