March 14th, 2019

स्पर्श लघुवित्तको आईपीओः २ लाख ७७ हजार भन्दा बढी आवेदकको हात खाली

बैंकिङ खबर । स्पर्श लघुवित्तले निष्काशन गरेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको छ । संस्थाको आईपीओमा कुल ८३ लाख २७ हजार ६ सय ३० कित्ताका लागि आवेदन परेको हो ।

संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । संस्थाले कूल २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारीलाई ४ हजार १ सय ४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४ सय ८२ कित्ता छुट्टाइएको थियो ।

विक्री प्रबन्धक सानिमा क्यापीटलले ३ लाख ३ हजार ४४ जना आवेदकबाट ८३ करोड २७ लाख ६३ हजार आवेदन परेको बताएको छ । २ लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि निस्काशन गरेको लघुवित्तको शेयर गोलाप्रथाबाट प्रति ब्यक्ति १० कित्ताको दरले वितरण गर्दा २५ हजार २ सय आवेदकले मात्र शेयर पाउने छन् भने २ लाख ७७ हजार भन्दा बढी आवेदकहरुको हात खाली हुने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]