March 13th, 2019

शेयर बजार दोहोरो अंकले घटे्यो

बैंकिङ खबर । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.१६ अंकले घटेर १,१५०.१० अंकमा कायम भएको छ । फाइनान्स बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८९.०५ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७३ वटा कम्पनकिो १३ लाख ९० हजार ७ सय ८० कित्ता शेयर ६ हजार १ सय ९७ पटक खरिदविक्री हुँदा ४२ करोड ८३ लाख ४१ हजार १ सय ५२ को कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंक र नागरिक लगानी कोषको दुई करोडमाथिको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनएमबि बैंक, सिभिल बैंक, नेशनल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैकको एक करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै युनाइटेट फाइनान्सका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त, वल्र्ड मर्चेन्ट बैंकिङ, गुडविल फाइनान्स, लक्ष्मी भ्यालु फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नविल प्रगती फण्ड लगायतका शेयरधनीले कमाउका छन् ।

हाथवे फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]