March 13th, 2019

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने

बैंकिङ खबर । नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कोषले २२ प्रतिशत बोनस शेयर र उक्त बोनशको कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत छुट्टै नगद लाभांश दिने जनाएको छ।

कोषले घोषणा गरेको ०७४ /७५ को लाभांश शेयरधनीले साधारणसभाबाट पास भएपछि पाउँछन्। कोषले उक्त साधारणसभा वैशाख भित्रमा गर्ने योजना बनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म कोषको शेयर पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ। गत आर्थिक वषर्को सोही अवधिमा यो पूँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]