Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आन्दोलनरत लगानीकर्ता भन्छन् यसकारण अर्थमन्त्रीको राजिनामा आवश्यक

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । दुई महिना पहिले शेयर बजार सुधारको विभिन्न १४ बुँदे माग अगाडी सार्दै आमरण अनसन बसेको नेपाल पूँजीबजार लगानीकर्ता समुहले अगामी चैत्र ९ गते देखि पुनः चरणबद्ध रुपमा आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । उक्त समुहले अर्थमन्त्री डा. यूवराज खतिवडालाई पूँजीबजार विरोधी भन्दै अर्थमन्त्रीको राजिनामालाई प्रमुख माग बनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पहिलो पटक आन्दोलन गर्ने क्रममा अर्थमन्त्री सहित गभर्नर र नेपाल धितोपत्र बोर्डको अध्यक्षको समेत राजीनामा माग गरेको समुहले आहिले अर्थमन्त्री यूवराज खतिवडाको मात्र राजिनामा माग गरेको छ ।

लगानीकर्ता दबाब समुहले चैत्र ९ गते प्रधानमन्त्रीलाई भेटेर पूँजीबजार विरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न आग्रह गर्ने, दास्रो दिन १० गते धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते नेपाल धितोपत्र बोर्डको कार्यलयमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पूँजीबजार बारे अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते लगानी सम्मेलनमा सहभागी विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा अवरोध गर्ने गरी ८ दिने विभिन्न आनदोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफुहरुको मुख्य माग भनेको पूँजी बजार विरोधी अर्थमन्त्रीको बखास्तीको साथै बैंशाख एक गते देखि प्यान अनिवार्य गर्न नहुने र ७ दशमलव ५ प्रतिशत पूँजीगत हो अथवा होइन भने सरकाले प्रस्ट पार्नुपर्ने रहेको पूँजीबजार लगानीकर्ता दबाब समुहका अध्यक्ष हरी ढकाल बताउँछन् । बैंकिङ खबरसँग कुराकानी गर्दै उनले भने “प्यान लागु गर्दा पनि खरिदकर्तालाई चाहिने र विक्रिकर्तालाई नचाहिने त्यस्तो पनि कही हुन्छ ।” प्यान खरिदकर्ता तथा विक्रीकर्ता दुबैलाई लागु गर्नुपर्ने उनको भनाई छ । सरकारले शेयरमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर लिने निर्णय गरेको तर त्यहिनै अन्तिम हो कि हैन अझै औपचारीक निर्णय नगरेको भन्दै त्यसमा सरकारको आधिकारीक धारणा आउनुपर्ने उनी बताउँछन् ।

पहिलो पटकको आनदोलनमा अर्थमन्त्रीको साथै गभर्नर र धितोपत्र बोर्डका अध्यक्षको पनि राजिनामा माग गर्नु भएको थियो तर अहिले अर्थमन्त्रीको मात्र राजिनामा माग गर्नु भएको छ के अर्थमन्त्रीले राजिनामा दिँदैमा शेयबजार बढ्ने हो भन्ने बैंकिङ खबरको प्रश्नमा अध्यक्ष ढकालले भने शेयर बजारलाई जुवाघर भन्ने तथा शक्तिशाली स्थायी सरकारका अर्थतन्त्र बुझेको भनेका अर्थमन्त्रीलाई शेयर बजारको सयस्या के हो र यसको समाधान गर्नुपर्छ भनेर लगानीकर्ताले आन्दोलन नगरी थाहा नहुने भन्दै अस्थायी सरकारको जस्तै आर्थिक बर्षको आधा समय सकिदा पनि पूँजीगत खर्च ३० प्रतिशत पनि गर्न नसक्ने अर्थमन्त्री नैतिक रुपमा पदमा बस्न नहुने ढकालले बताए । “अर्थमन्त्री भएपछि शेयर बजार परिसुचक ३ सय अंकले घटेको तथा बजारको पूँजीकरण ३ सय अर्ब भन्दा बढीले घटेको भन्दै पूँजी निमार्णको महत्वपुर्ण क्षेत्रको बारेमा सुधारकोलागि आफु माताहतका निकायहरुले नीति नीमार्ण तथा त्यसको कार्यन्वयनको प्रक्रियालाई कसरी आगाडी बढाएका छन् भन्ने निरीक्षण तथा प्रगति विवरण को बारेमा ध्यान दिनु पर्दैन ?” उनले भने । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई कार्तिक महिनामा प्यान लगु गर्न पत्र पठाएको तर बार्डले एकैपटक बैशाखबाट प्यान लागु हुँदै छ भनेर एक महिना अगाडी अन्तरक्रिया गरेको तर्पm लक्षित गर्दै ढकालले भने कुनै नीति लागु हुँदै छ भनेर सुचना नदिने तर जब कार्यन्वयन हुने बला आउँछ तब मात्र यस्तो नीति कार्यन्वयनमा आउँदै छ भनेर मिति घोषणा गर्न नहुने उनी बताउँछन् ।

“शेयर बजार अनुत्पादक क्षेत्र अथवा जुवा घर भए किन सञ्चालन गरी यसमा सर्वसाधारणलाई कारोबार गर्न दिएको हो ? जुवाघरमा सर्वसाधारणलाई कारोबार गर भनेर अनुमति दिन मिल्छ सरकारले ? विश्वमा कुन मुलुक छ शेयर बजारलाई जुवा घर भनेर बन्द गरेको । सरकारले शेयर बजारलाई जुवा घर अथवा अनुत्पादक क्षेत्र भन्ने हो भने यस्तो क्षेत्रबाट किन कर लिन्छ । की जुवा घरबाट कर उठाएर त्यसलाई सरकाले बैधानीकता प्रदान गरेको हो ?” उनले प्रश्न गरे ।

Ad