March 12th, 2019

शेयर बजार २०.३३ अंकले बढ्यो, कारोबार रकम ५२ करोड

बैंकिङ खबर । मङगलबार शेयर बजार २०.३३ अंकले बढेर १,१६३.२६ अंकमा कायम भएको छ । नेप्से बढेसँगै सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७७.१७ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७६ वटा कम्पनीको १९ लाख ५४ हजार ५६कित्ता शेयर ७ हजार ६ सय ७९ पटक खरिदविक्री हुँदा ५२ करोड ७७ लाख ३५ हजार ५ सय ५८ को कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंक र माछापुच्छ्रे बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी प्रभु बैंक र अपर तामाकोशी हाइड्रोपावर,नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको २ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, जनाता बैंक, एनएमबि बैंक र सिभिल बैंकको क्रमश एक करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिनर्जी पावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, हिमालयन पार्टनर, कालिका पावर, नेशनल हाइड्रोपावर, सानिमा इक्यिुटी फण्ड, वल्र्ड मर्चेन्ट बैंकिङ, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, सिभिल लघुवित्त लगायतका शेयरधनीले कमाएका छन् ।

सिटिजन्स म्यूचल फण्डका शेयरधनीले सबैभन्दा धेरै १ प्रतिशतका दरले गुमाएका छन । सगरमाथा इन्स्योरेन्स, भार्गव विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत, बेष्ट फाइनान्स, फरवार्ड कम्यूनिटी लघुवित्त, चौतारी लघुवित्त, आईसीएफसी फाइनान्स, शिखर इन्स्योरेन्स लगायतका शेयरधनीले गुमाउका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]