Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार दोहोरो अंकले बढ्यो,११८ कम्पनीका शेयरधनीले कमाए

२०७५ फाल्गुन २७ गते

बैंकिङ खबर । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.२८ अंकले बढेर १,१४२.९३ अंकमा कायम भएको छ । अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ७९.७२ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ६ हजार ७ सय ५२ पटक खरिदविक्री हुँदा ४० करोड २८ लाख ४० हजार २ सय १३ को कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी, एनसीसी बैंक, अपर तामाकोशी, नविल बैंक प्रोमोटर शेयर, नागरिक लगानी कोष र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एनएमबि बैंकको ९८ लाख ३९ हजार ४ सय ४१ को कारोबार भएको छ भने जनता बैंकको ८९ लाख ८४ हजार ७ सय ८ को कारोबार भएको छ ।

सबैभन्दा धेरै नाङदी गु्रपका शेयरधनीले ८ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक कञ्चन डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, अपी पावर कम्पनी, अरुन कावेली पावर, नेपाल हाइड्रो डेभलर्पस, ग्लोबल आईएमइ समुन्नत, युनाइटेट मोदी हाइड्रोपावर, प्रभु बैंक लगायतका शेयरधनीले कमाएका छन् ।

सेन्ट्रल फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा भेरै ३ प्रतिशतका दरले गुमाएका छन् । हाथवे फाइनान्स, बरुन हाइड्रोपावर, उन्नती माइक्रोफाइनान्स, दिव्य हाइड्रोपावर, रैराङ हाइड्रोपावर, सुर्योदय लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad