Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार सामान्य अंकले बढ्यो, ५२ कम्पनीका शेयरधनीले कमाए

२०७५ फाल्गुन २६ गते

बैंकिङ खबर । आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ०.९४ अंकले बढेर १,१२८.७१ अंकमा कायम भएको छ । जिवन बीमा, डेभलपमेन्ट बैंक, होटल र बैंकिङ बाहेक सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक ५.४५ अंकले घटेको छ ।

दिनभरिमा १ सय ४० वटा कम्पनीको ३ लाख २२ हजार २ सय ४२ कित्ता शेयर १ हजार ७ सय ३४ पटक खरिदविक्री हुँदा ९ करोढ ३८ लाख ४२ हजार ८ सय ६१ को कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र अपर तामाकोशी हाइड्रोपावरको एक करोडको कारोबार भएको छ ।

त्यसैगरी एभरेष्ट बैंकको ६० लाखको कारोबार भएको छ। एनएमबि बैंक र प्रभु बैंकको ४० लाखमाथिको कारोबार, एनआईसी एशियाको ३० लाख, एनसीसी बैंकको २७ लाख माथिको कारोबार भएको छ भने समिट माइक्रोफाइनान्स र प्रभु इन्स्योरेन्सको २५ लाखमाथिको कारोबार भएको छ ।

सानिमामाई हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, अरुन कावेली पावर, हिमालयन पावर, फस्र्ट माइक्रोफाइनान्स, ज्योति विकास बैंक, अरुन भ्याली हाइड्रोपावर, लक्ष्मी इक्यिुटी फण्ड, नेको इन्स्योरेन्स लगायतका शेयरधनीले कमाएका छन् ।

तिनाउ डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुकमाएका छन् । नेशनल हाइड्रोपावर, रैराङ हाइड्रोपावर, डिप्रोक्स लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, नेपाल सेवा लघुवित्त, सामुदायिक लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।

Ad