March 10th, 2019

सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत

बैंकिङ खबर। सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५ सय ५३ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । बैंकको गत पुष २८ गते सम्पन्न साधारण सभाले शेयरधनीलाई आर्थिक बर्ष २०७४÷०७५ को मुनाफबाट ३ प्रतिशत बोनश शेयर र बोनस शेयरको कर प्रयोजनको लागि समेत गरि ५ दशमलव शुन्य तिन प्रतिशत नगद लाभाशं दिने सञ्चालक समितिको निणर्यलाई पारित गरेको थियो । उक्त बोनस परित गरेसँगै बैंकको चुक्ता पूँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

आइतबार बैंकको शेयर नेप्सेमा सुचिकृत भएसँगै १ सय २२ रुपैयाँमा कारोबार भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]