बैंकिङ खबर । शेयर बजारमा यो साता परिसूचक नेप्से बढेको छ । लामो समय देखि परिसूचकमा गिरावट आई १ हजार १ सय को अंकमा आएपछि लगानीकर्ताको चहलपहल बढदा नेप्से बढेको हो ।
यो साता शेयर परिसूचक नेप्से २२ दशमल २४ अंकले बढेको छ । सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ९२ अंकले बढेको छ । वित्तीय प्रणालीमा ब्याजदर घट्ने सम्भावना बढेको र परिसूचकहरु घटेर तल आएपछि लगानीकर्ताको चहलपहल बढेको देखिन्छ ।
त्यस्तै आगामी मौद्रिक नीतिमार्फत बिग मर्जमा जाने सम्भावना पनि रहेकाले लगानीकर्ताले कारोबार बढाउन सक्ने सम्भावना देखिएकाले पनि केहि चलाख लगानीकर्ताले शेयर खरिद गर्न चाहन्छन् । त्यसै अनुसार सेयर बजारले रुप परिवर्तन गर्न खोजेको देखिन्छ । तरपनि साताभर जम्मा १ अर्ब ७ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा अधिकांश परिसूचकहरु बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् । त्यसैले साताको अन्तिम दिन १९ अंकले नेप्से बढेको थियो ।
यो साता अर्थमन्त्री डा. युवराज खतिवडाले समेत शेयर बजारमा लगानी बढाउन मिल्ने अवस्था आएको बताएका थिए । यसले पनि शेयर बजार सुधारका लागि अझै केहि रणनीतिहरु आउन सक्ने सम्भावना देखाउँछ । जसले गर्दा यो साता समग्रमा परिसूचकमा वृद्धि भएको हो ।