बैंकिङ खबर । पाँचथर पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १३ गते देखि कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्टाएर सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन।
कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपैयाँका दरले एक हजार रूपैयाँदेखि अधिकतम ९ हजार ६ सय २० कित्ताका लागि ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ। कम्पनीको आईपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आईपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५ सय कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१ दशमलव ८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७ सय ५० कित्ता शेयर अवितरित भएको थियो। सो शेयर समेत थप गरेर कम्पनीले सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन्। शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।