बैंकिङ खबर । स्पर्श लघुवित्तले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो
लघुवित्तले कूल २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर जारी गर्न लागेको हो। जसमध्ये लघुवित्तका कर्मचारीलाई शुन्य दशमलव ५ प्रतिशत अर्थात ४ हजार १ सय ४८ कित्ता सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्था १३ हजार ४ सय ८२ छुट्टाएर बाँकी २ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणले खरिद गर्न सक्नेछन् ।
लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।