बैंकिङ खबर । मङलबार शेयर बजार ७.१७ अंकले घटेर १,१०२.५६ अंकमा कायम भएको छ । आज सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ४५.०२ अंकले घटेको छ ।
दिनभरिमा १६५ वटा कम्पनीको ६ लाख ५३ हजार २८ कित्ता शेयर तीन हजार ६ सय ८१ पटक खरिदविक्री हुँदा १६ करोड ५६ लाख ७२ हजार २ सय ८५ को कारोबार भएको छ ।
अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै ७५ लाख ९७ हजारको कारोबार भएको छ । नविल बैंकको ६७ लाखको कारोबार भएको छ भने कृषि विकास बैंक, एनएमबि बैंक, जनता बैंक प्रोमोटर शेयर र राष्ट्रिय बीमा कम्पनीको ५० लाखमाथिको कारोबार भएको छ । त्यसैगरी नेपाल बैंक, माछापुच्छ्रे बैंक, चिलिमे हाइड्रोपावर र एशियन लाईफ इन्स्योरेन्सको ४० लाख भन्दा बढिको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेशनल हाइड्रोपावरका शेयरधनीले ३.३३ प्रतिशतका दरले कमाएका छन् । पुर्णिमा विकास बैंक, गोर्खाज फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, नविल इक्यिूटी फण्ड, एक्सेल डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेपलपर्स, खाँनीखोला हाइड्रोपावर र सिभिल बैक लगायतका शेयरधनीले कमाएका छन् ।
जोशी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा बढिका दरले गुमाएका छन् । नाडेप लघुवित्त, हिमालयन डिस्टीलरी, स्वदेशी लघुवित्त, एशियन लाईफ इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, समिट माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, नविल बैंक लगायतका शेयरधनीले गुमाएका छन् ।