Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पाँचथर पावरको आईपीओ आजबाट खुल्यो

२०७५ फाल्गुन १३ गते

बैंकिङ खबर । पाँचथर पावर कम्पनीकोे आज देखि आईपीओ खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको छ ।

यसमध्ये कर्मचारीलाई २५ अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५५ (८७ हजार ५ सय १२ कित्ता) छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवदेन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यसअघि कम्पनीले पुस ३० देखि माघ २९ गतेसम्म पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीयलाई ९ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । यसमा स्थानीयले १ लाख ७४ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।

पाँचथर पावरले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ’हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ छ । यसको साधारण लगानी फिर्ता हुन ८ दशमलव ९४ वर्ष लाग्नेछ ।
 

Ad