February 24th, 2019

यस कारण भर्नुपर्छ बैंकमा केवाईसी फर्म ?

बैंकिङ खबर । कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रिया अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ ।

केवाईसी फर्म भरेपछि बैंकसँग तपाईको बारेमा पछिल्लो जानकारी हुन्छ, जसले तपाईलाई कारोबार गर्न सजिलो बनाउँछ ।
नेपाल राष्ट्र बैंकले नै बैंकहरूलाई केवाईसी अनिवार्य रूपमा भर्न लगाएकाले यसलाई नभर्दा पछि बैंकिङ कारोबारमा झन्झट हुन सक्छ ।

केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ ।

बैंकहरुले आवश्यकता अनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ । 

देशमा कारोबार हुने पैसालाई शुद्ध राख्नु सबै नागरिकको कर्तव्य पनि हो । त्यसैले यदि यो फर्म भर्नुभएको छैन भने जतिसक्दो चाँडो गएर भरिहाल्नुहोस् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकका लागि विभिन्न सेवा तथा सुविधाहरु दिँदै आएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]