बैंकिङ खबर । युनिभर्सल पावर कम्पनीको आईपीओ भर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नबिकेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको हो । मागभन्दा बढी आवेदन परेपछि बुधबार बैंकिङ समयसम्म मात्र आईपीओ भर्न पाउने परी कम्पनीले सूचना जारी गरेको हो ।
१ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।
न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन मिल्नेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७।७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।