Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा २२.४४ अंकको बृद्धि, १२९ कम्पनीका शेयरधनीले कमाए

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर । मङलबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार २२.४४ अंकले बढेर १,१२४.९६ अंकमा कायम भएको छ । सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा धेरै जिवन बीमा समुह २ सय ५१ दशमलव ७३ अंकले बढेको छ । 

दिनभरिमा १६७ वटा कम्पनीको ७ लाख १४ हजार ८ सय ७६ कित्ता शेयर ४ हजार ५ सय ६८ पटक खरिदविक्री हुँदा २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ को कारोबार भएको छ । 

सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको १ करोड २७ लाख ९३ हजार ८ सय ३० को कारोबार भएको छ । नागरिक लगानी कोषको झन्डै एक करोडको कारोबार भएको छ । नेपाल बैंक र नेपाल बैंक प्रोमोटर सेयरको ८० लाखमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त विकास बैंक र नविल बैंकको ६० लाखभन्दा बढिको कारोबार भएको छ भने सनराइज बैंक, नेपाल लाईफ इन्स्योरेन्स र सिभिल बैंकको ५० लाखमाथिको कारोबार भएको छ । प्रभु बैंकको झन्डै ५० लाखको कारोबार भएको छ । 

चौतारी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी कालिका लघुवित्त, नयाँ नेपाल लघुवित्त, सूर्या लाईफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स, डिर्पोक्स लघुवित्त, सामुदायिक लघुवित्त, प्राइम लाईफ इन्स्योरेन्स, ग्लोबल आर्ईएमई लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक लगायतका शेयरधनीले कमाएका छन् । 

वोल्र्ड मर्चेन्ट बैंकिङका शेयरधनीले सबैभन्दा बढिका दरले गुकाएका छन् । खानिखोला हाइड्रोपावर कम्पनी, आखुखोला जलविद्युत कम्पनी, तिनाउ विकास बैंक, एनएबि सुलभ इन्भेष्टमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, भार्गव विकास बैंक, सुर्येदय लघुवित्त, सिनर्जि पावर, एनएमबि हाइब्रिट फण्ड लगायतका शेयरधनीले गुमाएका छन् । 
 
 

Ad