Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल इन्भेष्टर्स फोरमबाट पौडेल गए रौनियार आए

२०७५ फाल्गुन ७ गते

बैंकिङ खबर। शेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले दुई महिना अघि दिएको राजिनामा सोमबार कार्यसमितिको बैठकले स्विकृत गरेको छ । पौडेलले व्यक्तिगत कारण देखाउँदै पुष ११ गते राजिनामा दिएका थिए ।

पौडेलको राजिनामा स्विकृत गरेसँगै अध्यक्ष पदमा बरिष्ठ उपाध्यक्ष छोटेलाल रौनियार नियुक्त भएका छन् । कार्यसमितिले पूँजी बजारको विकास र विस्तारमा पौडेलको योगदानको कदर गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको जनाएको छ । पौडेलले अर्थमन्त्रीद्धारा मुद्रा बजार र पूँजी बजारका समस्याका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको सदस्य समेत भएर काम गरेका थिए ।  
 

Ad