June 1st, 2016

१५२३.५६ अंकमा ओर्लियो शेयर बजार, मेगा र सानिमा बैँकमा लगानीकर्ताको किन धेरै आकर्षण ?

economicबुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब २२ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३ज्ञ वटा कम्पनिको २३ लाख ५१ हजार १ सय २३ कित्ता शेयर ५ हजार ९ सय ७४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २२ करोड ६३ लाख ८१ हजार ९७ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम मंगलबारको भन्दा कम हो । मंगलबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । 

बुधबार मेगा बैँक र सानिमा बैँकको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखियो । यी दुबै कम्पनिको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७ करोड ८९ लाख, सिटिजन्स बैँकको ७ करोड ४३ लाख, चिलिमे हाइड्रोपावरको ६ करोड ९४ लाख, बुटवल पावर कम्पनिको ४ करोड ८९ लाख, एभरेष्ट बैँकको ३ करोड ९९ लाख, एनबी बैँकको ३ करोड ३ लाख र अरुण भ्याली हाइड्रोपावरको २ करोड ९३ लाख रुपैँयाको शेयर कारोबार भएको छ । 

ओमी डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा मेगा बैँककाले ९.८७ र काक्रे बिहार बिकास बैँकका  लगानीकर्ताले ९.२८ प्रतिशतले सम्पत्ति बढाएका छन् । नमस्ते वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त, कसमस डेभलपमेन्ट बैँक, प्रोफेशनल दियालो बिकास बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैँक, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, रिडी हाइड्रोपावर, कञ्चन डेभलपमेन्ट बैँक, सिनर्जी फाइनान्स लगायत छन् । 

बुधबार नेप्से परिसूचक पनि ८.५६ अंकले घटेर १५२३.५६ अंकमा कायम भएको छ । होटल र फाइनान्स बाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह १००.१२ अंकले घटेको छ भने जलविद्युत् ८२.७८ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक, वाणिज्य बैँक, विकास बैँक र अन्य समूह क्रमशः १४.५८, ४.६३, १.८१ र १.१८ अंकले घटेका छन् । होटल र फाइनान्स भने क्रमशः १७.९३ र ०.३ अंकले बढेका छन् ।