February 18th, 2019

शेयर बजारमा ७.२१ अंकको गिरावट, ३७ कम्पनीका शेयरधनीले कमाए 

बैंकिङ खबर । सोमबार शेयर बजार ७.२१ अंकले घटेर १,१०२.५१ अंकमा कायम भएको छ । होटल र उत्पादनमुलक बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह १९ दशमलव ०८ अंकले घटेको छ । 

दिनभरिमा १६१ वटा कम्पनीको ८ लाख ७६ हजार २ सय ८ कित्ता शेयर ५ हजार एक सय ४७ पटक खरिदविक्री हुँदा २३ करोड ४५ लाख ९४ हजार ३ सय ८१ को कारोबार भएको छ । 

नविल बैंक प्रोमोटर शेयर र नविल बैंकको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशि हाइड्रोपावर र एनएमबि बैंकको एक करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको झन्डै ९० लाखको कारोबार भएको छ भने माछापुच्छ्र बैंकको ७० लाख बराबारको कारोबार भएको छ । नेपाल बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र सिभिल बैंकको ५० लाखमाथिको कारोबार भएको छ । 

चौतारी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै झन्डै १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिीटीलरी, नविल बैंक प्रोमोटर शेयर, प्रुडेन्सियल इन्स्योरेन्स, स्वावलम्बन लघुवित्त, बाटर्लस नेपाल, विजय लघुवित्त, मिथिला लघुवित्त, एनआईसी एशिया ग्रोथ फण्ड, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । 

वोल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा बठि नौ प्रतिशतका दरले गुमाएका छन् । घलेम्दी हाइड्रो, नयाँ नेपाल लघुवित्त, नागवेली लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, अरुन कावेली पावर, सानिमा इक्यिूटी फण्ड, विशाल बजार कम्पनी, साइन रेशुङगा डेभलपमेन्ट बैंक, कालिका लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् । 
  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]