February 18th, 2019

शिवम् सिमेन्टको आईपीओ सोमबारदेखि खुल्यो 

बैंकिङ खबर ।  शिवम् सिमेन्टको आईपीओ आज (सोमबार) देखि खुल्ला भएको छ । शिवमको ४६ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासी तथा सर्वसाधारणका लागि खुल्ला गरिएको  हो ।

सर्वसाधारणका लागि ३ सय रुपैंया मूल्यमा ४१ लाख २० हजार कित्ता र स्थानीयका लागि २ सय रुपैंया दरका ५ लाख ७९ हजार कित्ता शेयरको विक्री खुल्ला गरेको हो । कम्पनीले कुल ५० लाख कित्ता शेयरका लागि स्वीकृति पाएकोमा करिब ३ लाख ८० हजार कित्ता शेयर भने बिक्री गरिसकेको छ । 

उक्त शेयरका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ५ लाख ७९ हजार ६ सय ४० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

उक्त शेयर सी–आस्वा प्रणालीमार्फत् आफ्नो शाखा रहेका बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखामार्फत् आवेदन गर्न सकिन्छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सीआईबीएल क्यापिटलले शेयरको बिक्री सुनिश्चितताको प्रत्याभूति गरेका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]