February 17th, 2019

सेयर बजारमा ३.१५ अंकको गिरावट, २१ करोडमाथिको कारोबार 

बैंकिङ खबर । आइतबार सेयर बजार ३.१५ अंकले घटेर १,१०९.७२ अंकमा कायम भएको छ । होटल, विकास बैंक र उत्पादनमुलक बाहेक, सबै उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ५३.७५ अंकले घटेको छ । 

दिनभरिमा १ सय ७३ वटा कम्पनीको ८ लाख २८ हजार ८ सय ५३ कित्ता सेयर ५ हजार एक सय ५१ पटक खरिदविक्री हुँदा २१ करोड ७ लाख ३२ हजार १ सय ४७ को कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक, नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावरको एक करोडमाथिको कारोबार भएको छ । 

त्यसैगरी, प्रभु बैंक प्रोमोटर सेयरको ९४ लाख २९ हजार ७ सय ३० को कारोबार भएको छ । बैंक अफ काठमाडौंको ८० लाखभन्दा बढिको कारोबार भएको छ भने एनएमबि बैंकको ७० लामाथिको कारोबार भएको छ । कृषि विकास बैंकको ६० लाखभन्दा बढिको कारोबार भएको छ । यसबाहेक, एनसीसी बैंक, नेपाल बैंक र नविल बैंकको ५० लाखमाथिको कारोबार भएको छ । 

चौतारी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले ५ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावरका सेयरधनीले ३ प्रतिशतभन्दा बढिको दरले कमाएका छन् भने मिर्मिरे लघुवित्त, नविल इक्यिूटी फण्ड, महिला सहयात्रा माइक्रोफाइनान्स, बैंक अफ काठमाडौं, लक्ष्मी लघुवित्त, साइन रेशुङगा डेभलपमेन्ट बैंक, जनउत्थान लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् । 

कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ६ दशमलव ८३२३ प्रतिशतका दरले गुमाएका छन् । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुन कावेली पावर, सपोर्ट माइक्रोफाइनान्स, नाङदी ग्रुप, नागवेली लघुवित्त विकास बैंक, ग्लोबल आईएमई लघुवित्त, कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सिटी एक्सप्रेस फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]