February 17th, 2019

स्पर्श लघुवित्तले आईपीओ विक्री गर्न स्वीकृति पायो

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्तलाई २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर (आईपिओ) जारी गर्ने अनुमति दिएको छ ।

आईपिओ जारी गरे पछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैंया पुग्नेछ । शेयर निष्काशन पछि लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२ दशमलव ५० प्रतिशत र संस्थापक शेयरको ६७ दशमलव ५० प्रतिशत कायम हुनेछ ।

लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]