February 17th, 2019

प्रभु बैंकको सोमबारदेखि बुक क्लोज हुने

बैंकिङ खबर। प्रभु बैंकको फागुन १९ गते बस्ने साधारणसभाकालागि फागुन ६ गतेदेखि बुक क्लोज हुने भएको छ । फागुन ५ गते आइतबार सम्म शेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । 

बैंकले ८ प्रतिशत बोनस सहित कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको थियो । बैंकले संस्थापक शेयर र साधारण शेयरको अनुपात ५५ प्रतिशत र ४५ प्रतिशत कायम गर्ने प्रस्ताव समेत साधारणसभामा लैजाने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]