February 17th, 2019

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत्र ११ गते 

बैंकिङ खबर । एक्सेल डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभाका लागि बुक क्लोज फागुन २७ गतेदेखि बन्द गर्ने भएको छ । बैंकको फागुन ४ गते बसेको संचालक समितिको बैठकबाट तेह्रो वार्षिक साधारणसभा चैत्र ११ गते हुने निर्णय भएको छ ।

उक्त साधारणसभाको लागि बुक क्लोज फागुन २७ गते देखि चैत्र ११ गतेसम्म बन्द हुने भएको छ । फागुन २६ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने छन् । 

सभामा आर्थिक बर्ष २०७४ ७५ को मुनाफाबाट १७ प्रतिशत नगद लाभांश कर सहित ११ करोड ७७ लाख ५४ हजार पाँच ५७ दशमलव ७५ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्विकृत गर्ने भएको छ । संस्थापक समुहका शेयरधनीहरुको तर्फबाट संचालन समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने भएको छ ।

सभामा ६९ करोड २६ लाख ७३ हजार ९ सय ७५ को ५५ प्रतिशतका दरले ३८ करोड ९ लाख ७० हजार ६ सय ८६ दशमलव २५ रुपैयाँको हकप्रद शेयर जारी गर्ने भएको छ । विकास बैंकको अधिकृत पुँजी १ अर्बबाट वृद्धि गरी १ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्वात रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]