February 15th, 2019

नेप्से एक सातामा झण्डै २७ अंकले घट्यो, ३ अर्ब माथिको कारोबार 

बैंकिङ खबर।  यो साता शेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजरमा लगानी योग्य रकम अभाव हुँदा कारोबार न्यून भएपनि बिहीबार भएको एभरेष्ट बैंकको कारोबारले ३ अर्ब बढीको कारोबार भएको छ । 

बिहीबार एभरेष्ट बैंकको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएपछि यो साता शेयर बजारमा कारोबार उच्च भएको छ । एकै परिवारको १५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएको भन्दै नेपाल राष्ट्र बैंकले बैंकको लाभांश रोकेपछि संस्थापक बिके श्रेष्ठले आफनो नामको शेयर विक्री गरेका थिए । त्यसैले यो साता ३ अर्ब ३ करोड ७४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।

यो साता शेयर बजारमा परिसूचक नेप्से २६ दशमलव ७ अंकले घटेर १ हजार १ सय १२ दशमलव ८७ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक पनि ५ दशमलव ६९ अंकले घटेर २ सय ३६ दशमलव ९२ अंकमा बन्द भएको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढ्न गई करोबार रकम न्यून रहेको छ । कारोबारमा आएका सबै परिसूचकहरुमा गिरावट आउँदा  नेप्से दबाबमा देखिएको हो ।

साताभर नेप्सेमा १ करोड ६२ लाख ७६ हजार २ सय ७६ कित्ता शेयर सूचिकृत भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]