February 14th, 2019

बोनस रोकिएपछि कसले बेच्यो एकैदिन १ अर्ब ९१ करोडको शेयर 

बैंकिङ खबर। बिहीबार नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगानएपछि संस्थापक शेयर विक्री उच्च भएको छ । १ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर संस्थापक बिके श्रेष्ठको परिवारले विक्री गरेको हो । तर कारोबारपनि उनकै परिवार निकटलाई भएको छ । केन्द्रीय बैंकले एकाघरभित्रै नियम भन्दा धेरै शेयर स्वामित्व भएको भन्दै लाभांश वितरणमा रोक लगाएको थियो । जसका कारण श्रेष्ठको परिवारले शेयर विक्री गरेको हो । 

नेप्से घट्यो
शेयर बजारमा परिसूचक नेप्से ८ अंक बढीले घटेको छ । बजरमा लगानी योग्य रकम नहुँदा कारोबार प्रभावित हुँदै आएको छ । 

बिहीबार शेयर बजारमा परिसूचक नेप्से ८ अंक बढीले घटेर झण्डै १ हजार १ सय १३ अंक नजिक बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढ्न गई करोबार रकम न्यून रहेको छ । बिहीबार एभरेष्ट बैंकको संस्थापक शेयरको मात्रै १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसले गर्दा कारोबार रकम २ अर्ब १६ कारोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका सबै परिसूचकहरुमा गिरावट आउँदा  नेप्से दबाबमा देखिएको हो । माथिल्लो तामाकोशी, तथा प्रभु बैंकको शेयर कारोबारमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८ दशमलव ४२ प्रतिशतले गुमाएका छन् । तर बजारमा सबै परिसूचकमा गिरावट आएपनि चौतारी लघुवित्तका शेयरधनीले ४ दशमलव ७५ प्रतिशतले कमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]