February 13th, 2019

शेयर बजारमा नेप्से परिसूचक घट्यो, कारोबार रकममा सामान्य वृद्धि 

बैंकिङ खबर। शेयर बजारमा परिसूचक नेप्से घटेको छ । वित्तीय बजारमा तरलता अभाव हुँदा ब्याजदर घटन सकेको छैन् । जसले शेयर बजरमा लगानी आउन सकेको छैन् । त्यसैले नेप्से दबाबमा देखिएको छ । 

बुधबार शेयर बजारमा परिसूचक नेप्से ७ दशमलव ११ अंकले घटेर १ हजार १ सय २१ दशमलव ०८ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ७६ अंकले घटेर २ सय ३८ दशमलव ४४ अंकमा बन्द भएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा ४ करोड रुपैयाँ भन्दा बढीले बढेर २३ करोड ८८ लाख ३६ हजार ८ सय ३८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र त्यसले ब्याजदरमा निम्त्याएको वृद्धिका कारण शेयर बजारमा परिसूचक नेप्से घटदै गएको छ । 
उत्पादन तथा प्रशोधन समुहमा बाहेक सबै समुहमा गिरावट आउँदा नेप्से दबाबमा देखिएको हो । नागरिक लगानीकोषको सबैभन्दा बढी १ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चौतारी लघुवित्त वित्तीय संस्थाका शेयधरनीले सबैभन्दा बढी ९ दशमलव ८२ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले गुमाएका छन् ।

वित्तीय बजारमा तरलता सहज नहुँदा सम्म संस्थागत तथा ठुला लगानीकर्ताले लगानी बढाउन सक्ने अवस्थामा देखिदैनन् । त्यस्तै बैंकबाट कर्जा लिएर लगानी गर्ने लगानीकर्ता पनि बजारमा प्रवेश गर्ने अवस्थामा छैनन् । जसले गर्दा शेयर बजार प्रभावित भएको हो । त्यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने समय  भएकाले पनि लगानीकर्ताले शेयर कारोबार घटाएको देखिन्छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]