बैंकिङ खबर।शेयर बजारमा परिसूचक नेप्से सामान्य अवस्थामा छ । बजारमा लगानी पूँजी अभाव हुँदा कारोबार रकम घटदै गएको छ ।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र त्यसले ब्याजदरमा निम्त्याएको वृद्धिका कारण लामो समयदेखि शेयर बजारमा घट्दो अवस्थामा छ। मंगलबार पनि परिसस्चक नेप्से एक अंक भन्दा कमले घटेको छ । नेप्से १ हजार १ सय २८ दशमलव १९ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिससूचक पनि घटेको छ ।
वित्तीय बजारमा तरलता सहज नहुँदा सम्म संस्थागत तथा ठुला लगानीकर्ताले लगानी बढाउन सक्ने अवस्थामा देखिदैनन् । त्यस्तै बैंकबाट कर्जा लिएर लगानी गर्ने लगानीकर्ता पनि बजारमा प्रवेश गर्ने अवस्थामा छैनन् । जसले गर्दा शेयर बजार प्रभावित भएको हो ।
बजारमा कुनै उतारचढाव नदेखिदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यसले बजारलाई अझै केही समय घटदो अवस्थामा राख्न सक्ने छ । बजारमा कारोबार रकम पनि घटेको छ । १ सय ६४ कम्पनीको १९ करोड ४१ लाख ५९ हजार ९ सय ६५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने समय भएकाले पनि लगानीकर्ताले शेयर कारोबार घटाएको देखिन्छ ।