February 11th, 2019

चरम आर्थिक संकटको लागि तयार रहनुस् – आइएमएफ 

बैंकिङ खबर। अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका सबै मुलुकलाई आर्थिक संकटको लागि तयार रहन चेतावनी दिएको छ । दुबईमा आयोजित वल्र्ड गभरमेन्ट समिटमा सम्बोधन गर्दै आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले विश्वका सबै मुलुकहरुले अनुमान भन्दा कम आर्थिक वृद्धि हाासिल गरेकोले विश्वमा आर्थिक संकटको अवस्था सिर्जना हुन लागेको बताईन् । उनले भनिन् हामिले अर्थतन्त्रको यस्तो अवस्था देखिरहेका छौं जुन अनुमान गरेको भन्दा अत्यन्तै सुस्त गतिमा वृद्धि भइरहेको छ ।

लेगार्डले  विश्वको अर्थतन्त्र कमजोर हुनुका कारण चिन र अमेरिका विच भइरहेको व्यापार युद्ध र कर वृद्धि चीनियाँ अर्थव्यवस्थामा देखिएको सुस्तता वित्तिय कडाई र अनिश्चित ब्रेक्जिट परिणाम लगाएतका रहेको बताईन् । 

 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]