May 31st, 2016

मंगलबार १ अर्ब ३२ करोडको नेप्से कारोबार, हेर्नुस्, कुनकुन कम्पनिको शेयर मूल्य १० प्रतिशतले बढ्यो ?  

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ३२ करोडको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३६ वटा कम्पनिको २४ लाख ८० हजार ५६ कित्ता शेयर ५ हजार ९ सय ९० पटक खरिदविक्रि हुँदा १ अर्ब ३२ करोड २५ लाख ५९ हजार ७ सय ८४ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम सोमबारको भन्दा बढी हो । सोमबार १ अर्ब १९ करोडमाथिको शेयर कारोबार भएको थियो । 

चिलिमे हाइड्रोपावरमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ । चिलिमेको मात्रै १४ करोड ४२ लाख ४९ हजारको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर र सिटिजन्स बैँकको झन्डै ९ करोडको शेयर कारोबार हुँदा सानिमा बैँकको पौने ८ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनिको पौने ६ करोडको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इास्योरेन्सको ३ करोड ८८ लाखको कारोबार भएको छ । एनबी बैँकको साँढे ३ करोडको कारोबार हुँदा नेपाल बैँक, नविल बैँक, युनाइटेड इन्स्योरेन्स लगायतको सवा ३ करोडको कारोबार भएको छ । 

कमाउने कमपनिहरुको अग्रस्थानमा रहेको तीन कम्पनिहरु अरुण भ्याली, रिडी र बरुण हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नमस्ते वित्तीय संस्था, मेगा बैँक र वेस्टर्न डेभलपमेन्ट बैँकका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । अपि पावर कम्पनि, चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइ«ोपावर, नेशनल हाइड्रोपावर लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा लुम्बिनी जेनेरल इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त, पेसिफिक डेभलपमेन्ट बैँक, राष्ट्रिय बिमा कम्पनि प्रोमोटर शेयर, प्रभु इन्स्योरेन्स लगायत छन् । 

मंगलबार नेप्से परिसूचक ५.१६ अंकले बढेर १५३२.१२ अंकमा कायम भएको छ । बिमा, फाइनान्स र वाण्निज्य बैँक समूहले बजार ओराल्न खोजेपनि जलविद्युत् र उत्पादनमूलक समूहले सम्हालेका छन् । बिमा, फाइनान्स र वाणिज्य बैँक समूह क्रमशः २२.०७, ११.४३ र २.२१ अंकले घट्दा जलविद्युत् र उत्पादनमूलक क्रमशः २२७.१८ र ३५.२९ अंकले बढेका छन् । होटल, अन्य र विकास बैँक क्रमशः ११.१, २.३५ र १.९८ अंकले बढेका छन् ।