February 7th, 2019

राष्ट्रिय वाणिज्य बैंकले कमायो छ महिनामै २ अर्ब १७ करोड मुनाफा    

बैंकिङ खबर। ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको राष्ट्रि वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा रेगुलटरी एडजस्टमेन्ट पछिको नाफा २ अर्ब १७ करोड ८१ लाख ८८ हजार रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३९ कारोड ४२ लाख ६५ हजार रुपैयाँले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब ७८ करोड ३९ लाख २३ हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ७ अर्ब २३ करोड ४३ लाख ८६ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ अर्ब २८ करोड ६ लाख ९४ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९५ करोड ३६ लाख ९२ हजार रुपैयाँ हुन जान्छ । गत वर्ष सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब १ करोड १३ लाख ५ हजार रुपैयाँ गरेको थियो ।

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा १ खर्ब ८१ अर्ब ५९ करोड ६६ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ८७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ३१ अर्ब भन्दा बढीले बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ खर्ब ४९ अर्ब १० करोड  ४३ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ६५ करोड ४५ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात ११ दशमलव ७३ प्रतिशत, खराव कर्जा ३ दशमलव ४० प्रतिशत, कस्ट अफ फण्ड ३ दशमलव ०१ प्रतिशत, र प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ५३ पैसा रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]